शबगृह अब्यावस्थीत हुदा नागरिकहरुलाई सास्ती

पवन भण्डारी
असोज, ६ धनगढी
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सबगृह अब्यावस्थीत हुदा नागरिकहरुले सास्ती खेपिरहेका छन । प्रदेशको एक मात्र रेफरल अस्पतालले बिगत लामो समय देखि नै सबगृहको समस्या खेप्दै आएको छ ।
सबगृह मा धेरैमा ८ सब मात्र राख्न सक्ने क्षमता रहेको भएपनि गर्मी यामको समयमा सब लाई ब्यावस्थापन गर्ने कुनै पनि पुर्वाधार नहुदा सब गन्हाउने र नजिकै रहेको बस्तीमा समेत दुगन्ध फैलीने समस्या रहेको छ ।
प्रदेशका नौ जिल्लाको प्रतिनिधित्व गर्ने सेती प्रादेशिक अस्पतालमा भएको सबगृह निकै जिर्ण रहेकाले ब्यावस्थीत गर्नु पर्ने स्थानीयहरु बताउछन । सबगृह नजिकै जादा कुनै बेला सब गन्हाउने हुदा निकै समस्या हुने गरेकोले ब्यावस्थापन गर्नमा ध्यान दिनु पर्ने स्थानीय मनोज जैगडीले बताए ।
उनले प्रदेशको सामाजिक बिकास मन्त्रालय सँग जोडियको शबगृहको यस्तो अवस्थाले गिज्याई रहेको बताए । सबगृहमा आफनो मानीसको सब बुझन जादा समेत नाँक मुख थुनेर जानुपर्ने अवस्था सृजना हुने गरेको छ ।
फोहोरको उचित ब्यावस्थापन नहुदा सबगृह नजिकै जाने मानीसहरु लाई बिभिन्न रोगको समेत खतरा बढ्न सक्ने भएका ले प्रदेश सरकारले यस तर्फ ध्यान दिन आवश्यक रहेको सब गृहमा आफनो बहिनीको सब बुझन आएका कैलालीको सुख्खडका बिकास पहराईले बताए ।
शबगृहमा सबहरु लाई ब्यावस्थापन गर्ने कुनै पनि साधनहरु नहुदा आफुहरुलाई काम गर्न निकै समस्या हुने गरेको सबगृहको सरसफाईमा कार्यरत चन्द बहादुर बिकले बताए । उनले धेरै दिन सम्म लास रहदा तेस लाई गन्हाउन नदिने आईसको ब्यावस्थापन भएपछि केही सहज हुने बताए ।
शबगृह पुरानो र जिर्ण भएका ले आधुनिक शबगृह निर्माणका लागी आफुहरुले पहल गरिरहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा हेमराज पाण्डेले बताए ।
उनले सबगृह मा सब ब्यावस्थापनका लागी चाहीने उपकरण समेत राख्ने ठाँउ नहुदा पोष्टमाटम गर्न समेत निकै सास्ती हुने गरेको बताए । प्रदेशको एक मात्र रेफरल अस्पतालमा एक आधुनिक शब गृह नहुनु लाजमर्दो कुरा हो । तेसैले शबगृह निर्माणका लागी प्रदेश सरकारले समयमै ध्यान दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: