धनगढी क्षेत्रमा बिधुत पोलहरु बाट जोखिम बढ्दै

पवन भण्डारी
धनगढी ६ असोज
बिधुत प्राधिकरण धनगढीको बेवास्थाका कारण धनगढी उप–महानगरपालीका भित्र पोलहरु बाट जोखिम बढ्दै गएको छ । उप–महानगरपालीका भित्र रहेका पोलहरु कतिपय ढल्ने अवस्थामा रहेका छन भने ट्रान्समिटरका बाकसहरु खुल्ला र बच्चाले समेत छुन सक्ने अवस्थामा रहेकोले जोखिम बढ्दै गएको हो ।

अब्यावस्थीत लाईन बिस्तारका कारण धनगढी उपमहानगरपालीका कुरुप बन्दै गएको छ । धनगढी बजार क्षेत्र रहेका बिधुुतका पोलहरुमा बिधुत लाईनका तारहरु खुकुलो अवस्थामा रहेका छन भने घरहरु सँग तार टासियको कारण र्दुघटनाको जोखिम उच्च बड्दै गएको हो ।
तारमा सामान्य हावाहुरीका बेला आगलागी हुने र चरा बस्दा समेत प्युज जाने गरेको स्थानीय पदम बहादुर रावलको गुनाँसो छ ।

पिच सडक भित्र राखीयका ट्रान्समिटरले कुनै दिन ठुलो घटना घट्न सक्ने स्थानीय नागरिकहरुको गुनाँसो । तत्काल बिधुत कार्यलयले यसको बैकल्पीक उपाय खोज्न आवश्यक रहेको स्थानीय रबिलाल आर्चायाले बताए ।

यस क्षेत्रका बिधुतका समस्या बारे पटक पटक बिधुत कार्यलय लाई जानकारी गराउदा समेत वास्ता नगरेको र यस्तै रहेमा आउदा दिनमा ठुलो घटना घटन सक्ने डर रहेको धनगढी उप महानगरपालीका ३ का अध्यक्ष बल बहादुर ऐर बताए । तर यता बिधुत कार्यलय कैलालीले भने आफुहरु लाई जानकारी भए सम्म सबै ठाँउमा मर्मत गरिरहेको दाबि गरेको छ ।

कहि कतै मर्मत गर्नु परेमा स्थानीय नागरिकहरुले खबर गरेमा तत्काल मर्मत गर्न आफुहरु तयार रहेको नेपाल बिधुत प्राधिकरण धनगढी बितरण साखाका प्रमुख सुरेन्द्र चौधरी बताए ।

बिधुत प्राधिकरणले प्रत्येक बर्ष मर्मतका लागी ७२ लाँख रकम छुट्याको भएपनि मर्मत मा भने करिब ८० प्रतिसत मात्र खर्ज हुने गरेको प्राधिकरणले जनायको छ । तर २० प्रतिसत रकम बाकी रहदा पनि धनगढी उपमहानरपालीका भित्रका बिधुत तरको अवस्था भने खतरापुर्ण रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *