नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुग्यो
काठमाडौँ । नेपालमा थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् । यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।