कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर शिक्षा समिति विघटनको माग गर्दै काँग्रेसले तालाबन्दी गरेको छ । गठित नगर शिक्षा समिति ऐन विपरित भएको र संघीय ऐनसित बाँझिएकोले विघटनको माग राख्दै बुधबार शुक्लाफाँटा नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।

नेपाली काँग्रेस शुक्लाफाँटा नगर अनुगनम समितिले तालाबन्दी गरेको हो । काँग्रेसको तालाबन्दीपछि नगरपालिकाका सम्पूर्ण कामकाज अवरुद्ध भएका छन् । क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च, गाई व्यवस्थापनमा भएको खर्च र नक्कली विद्यालय स्थानान्तरण प्रकरणमा नगरपालिका विवादमा परेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *