क्वारेन्टाइनमा नै बसेर बाँस तथा निगालोका सामाग्रीहरु निर्माण

चन्द्र प्रसाद भाट, अछाम । कोरोनाको महामारीका बिच भारतबाट अछाम आईपुगेका कमलबजार नगरपालिका वडा नः ८ का स्थानिय क्वारेन्टाईन भित्रै बाँस तथा निगाँलोका सामाग्रीहरु निर्माण गर्न थालेका छन ।

वडाको कालीका आधारभुत बिद्यालय डुँगालाको क्वारेन्टाईनमा बसेका स्थानियहरु क्वारेन्टाईन स्थलभित्रै स्थानिय उत्पादनका कच्चापदार्थका सामाग्रीहरु निर्माणमा जुटेका हुन ।

दिनहुँ क्वारेन्टाईनमा बसि खेर गैरहेको समयलाई सदुपयोग गर्दै उनिहरुले बाँस तथा निगालोबाट बन्ने डोका,चित्रा,डाला लगाएतका सामाग्रीहरु निर्माण गरीरहेका निर्माणमा संलग्न स्थानिय पहल बोगटीले बताए । क्वारेन्टाईन अवधिको समय लाई सदुपयोग गर्दै आफुलाई आवश्यक सामाग्रीहरु बनाईरहेका उनले बताए ।

यस्तै अर्का स्थानिय दिपक बिस्ट पनि जेठ १७ गते नै भारतबाट अछाम पुग्नुभयो । उनि पनि अहिले सोहि क्वारन्टाईनमा बसि बिभिन्न सामाग्रीहरु निर्माण गरीरहेका छन । गाँउका स्थानियहरु बाट बाँस तथा निगालोहरु ल्याउन लगाई क्वारेन्टाईन भित्रै सामाग्रीहरु निर्माण गरीरहेका दिपक बताउँछन ।

यता वडा नः ८ का अध्यक्ष नैन बहादुर बिस्टले क्वारेन्टाईनमा बसेका वडाबासि लाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । समयको सदुपयोग गर्दै स्थानिय उत्पादनलाई जोड दिएकोमा उनिहरुलाई वडा अध्यक्ष बिस्टले धन्यबाद समेत ब्यक्त गर्नुभयो । वडाका ३ वटा क्वारेन्टाईन बनाई ब्यवस्थापनमा समेत आफु लागीपरेको उहाँले बताउनुभयो ।

वडाका कालीका आधारभुत बिद्यालयको क्वारेन्टाईनमा ६६ जना,जाल्पादेबि माध्यामिक बिद्यालयमा १२ जना र बण्डाली आधारभुत बिद्यालय पास्तोलीमा ७ जनालाई राखिएको उहाँले बताउनुभयो ।

क्वारेन्टाईनमा बसेका हरुको खानाको ब्यवस्था समेत वडा सरकारले गरीरहेको उहाँको भनाई छ । अझैपनि वडाका अन्य स्थानियहरु आउन बाँकी रहेकाले उनिहरु वडामा आएपछि उनिहरुको ब्यवस्थापनका लागी आफु लगाएत आफ्ना सहकर्मी जनप्रतिनिधिहरु पनि लागी परेको वडा अध्यक्ष बिस्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: