उद्योग मन्त्री भट्टको समन्वयमा चुरे गाउँपालिकाका पहिरो पिडितलाई टेन्ट तथा त्रिपाल सहयोग

धनगढी । कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडित परिवारका लागि नेपाल भारत महिला मैत्री समाजले टेन्ट तथा त्रिपाल सहयोग गरेको छ । साउन १७ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका घर-परिवारका लागि नेपाल भारत महिला मैत्री समाजले १०५ थान टेन्ट तथा त्रिपाल सहयोग गरेको हो ।

नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष चन्द्रा चौधरीले गाउँपालिकाका अध्यक्ष धन बहादुर रोका मगरलाई १०५ थान टेन्ट र त्रिपाल हस्तान्तरण गरेको जानकारी दिईन् । उनले पहिरोले बस्न समस्या भएका नागरिकका लागि टेन्ट सहयोग गरिएको बताईन् ।

पहिरोले विस्थापित भएका करिब ३० घर परिवारका लागि नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको समन्वयमा उक्त सहयोग हस्तान्तरण गरिएको मन्त्रीका स्वकिय सचिव हितेश ओझाले जानकारी दिए ।

पहिरोले विस्थापित भएका करिब ३० घरपरिवार अहिले सडकको छेउमा टेन्ट राखेर बसोबास गरिरहेका छन । प्राप्त भएको १०५ थान टेन्ट तथा त्रिपालले पहिरो पिडितलाई केहि सहयोग पुग्ने भन्दै गाउँपालिकाका अध्यक्ष रोका मगरले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: