आफ्नै शरिरमा आगो लगाएका सिध्दार्थको उपचारका क्रममा मत्यु

आफ्नै शरिरमा आगो लगाएर देह त्यागको प्रयास गरेका सिध्दार्थ आउजीको निधन भएको छ । आगलागीबाट घाईते भएका आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा केहिबेर अगाढी निधन भएको हो ।

बयालपाटा अस्पतालमा कार्यरत रहेका आउजीलाई आस्पतालले जागीरबाट निकालेपछि सोमवार बिहान अस्पताल परिसरमै उनले आफ्नो शरिरमा पेटेल छर्किएर देह त्यागको प्रयास गरेका थिए ।

अस्पतालका कर्मचारीको सहयोगमा उनको उद्धार गरि प्राथमिक उपचार पश्चात हेलिकप्टर मार्फत उपचारका लागी उनलाई कोहलपुर लगीएको थियो ।

कोहलपुर अस्पतालमा उपचारका लागी लगीएको भएपनि स्वास्थ्यकर्मीले उनको उपचामा कुनै चाँसो नदेखाएको उनीसंगै रहेका मिन बोहराले जानकारी दिनुभयो ।बयालपाटा अस्पतालले आर्थिक स्रोत अभावका कारण देखाउदै ३३ जना कर्मचारीको करार सम्झौता थप नगरि जागीरबाट निकालेको थियो ।<

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: