बागलुङकि बसन्ती बनिन् च्याम्पियन महिला भर्चुअल तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिप

राेल्पा । चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा बागलुङकि बसन्ती बुढा मगर च्याम्पियन भएकि छिन । रोल्पा आई टि एफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न भएको च्यम्पियनसिपमा बसन्ती बुढा मगरले प्रथम स्थान हासिल गरेकी छिन । त्यस्तै काठमाडौंकि पुजा खुलाल मगर दोस्रो स्थान मा सिमित भएकिछिन् भने पाल्पा कि निस्मा बस्याल तेस्रो भएकि छिन् । पाच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो जसमध्ये बसन्ती बुढा मगर ले ३१.५ अंक, पुजा खुलाल मगरले २९ अंक र निश्मा बस्याल ले २७ अंक प्राप्त गरेको जनाइएको छ ।

नेपाल आई टि एफ तेक्वान्दो महासंघका रेफ्री चेयरमेन प्रबिन कुमार कार्की को नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रीहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरि भिडियो कन्फेरेन्स मार्फत नतिजा सार्बजनिक गरेको प्रतियोगिताका संयोजक तथा रोल्पा आई टि एफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरिबाट १२३ जना खेलाडिहरुले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।समापनका प्रमुख अतिथी नेपाल आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एसिया आईटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो आईटीएफ महासंघका सदस्य समेत रहनु भएका अन्जन धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेल बिकासमा मदत पुग्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *