कैलालीमा एकै दिन ४७ जना सङ्क्रमित थपिए

धनगढी, ११ असोज । कैलालीमा एकै दिन आज ४७ जना सङ्क्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४०४ नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ४७ जना कैलालीका र एक जना कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ मा एक, वडा नम्बर २ मा चार, ३ मा तीन, ५, ८ मा एक÷एक १४ मा दुई र वडा नखुलाइएको एक जना सङ्क्रमित भएका छन् ।
यस्तै, टीकापुर नगरपालिकामा सबैभन्दा बढी २१ र गोदावरी नगरपालिकामा १३ जना सङ्क्रमित थपिएको अस्पतालले जानकारी दिएको छ । आज सङ्क्रमण पुष्टि भएकामध्ये ३५ जना पुरुष र १३ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: