कञ्चनपुरमा युवती मृत अवस्थामा फेला

धनगढी । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिकाको वडा नम्बर ५ मा २२ वर्षीय वविता कामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कामी घर नजिकैको गौशालामा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए।

घटना सम्बन्धी थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: