पौडेल पक्षले दर्ता गरायो विरोधपत्र

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ ।

नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले पार्टी केन्द्रीय समितिमा सोमबार दिउसो विरोध पत्र दर्ता गराएका हुन् । ‘तोकिएको समयमा निष्पक्ष र स्वच्छ तरिकाले महाधिवेशन होस् भन्ने हाम्रो माग हो, जुन तरिकाले सभापतिजी चलिरहनुभएको छ, त्यसले आशंका उत्पन्न गराएको छ,’

सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । महाधिवेशनको सुनिश्चितता, निश्चितता, विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय यो पत्रमा उल्लेखित छन् । यी विषयहरुमा विरोध गरिरहेको कृष्णप्रसाद सिटौला समूहले भने यसमा हस्ताक्षर गरेको छैन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *