जनक साउदको कालजही शब्द”पापी कैलाश खोला”मर्मस्पर्शी गित सार्वजनिक

गएको भाद्र महिना दुई गते राति आएको निकै नै कहाली लाग्दो बाढी पहिरोका कारण अछाम जिल्ला रामारोसन गाउपालिका कैलाश खोला नजिकैका घर घडेरी बगाउदा करोडौ धन जनको नोक्सान भएको छ । साथै १७ जनाको ज्या,न गएको थियो । सोहि घट,नामा आधारित रहेर अछामको परिबेश, देशको बर्तमान अवस्था लगायतका सामाजिक बिषयबस्तुलाई चित्रण गरेर “पापी कैलाश खोला”सार्वजनिक भएको छ ।

गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि लागेका गायक तथा सर्जक गित संगीतका हरेक विधामा अब्बल हुनुहुन्छ । यतिबेला भने आफै पिडामा हुनुहुन्छ । गायक जनक साउदको शब्द सृजना रहेको गीतमा हेमन्त कान्छा रसाईलिको संगीत रहेको छ । सुरेन्द्र संगमले निर्देशन गरेको म्युजिक भिडियो कुसुम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको मिक्सिङ/मास्टरिङ पुष्कर खत्रीले गरेका छन् भने अमित बिकले छायांकन गरेको म्युजिक भिडियो अनुप बिकले सम्पादन गरेका छ । सुरेन्द्र संगम,जनक साउद र सरस्वति बनको कारुनिक अभिनय देखिन्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *