सुगर रोगबाट जोखिममा रहेका ३ सय १२ जना बिरामीहरुको निःशुल्क परिक्षण

धनगढी १४,असोज
सुगर रोगबाट जोखिममा रहेका ३ सय १२ जना बिरामीहरुको निःशुल्क परिक्षण गरियको छ । लायन्स क्लब अफ नैनादेबि र लायन्स क्लब अफ सञ्जीबनीको आयोजनामा यहि भाद्र १४ गतेबाट सुरु गरियको निशुल्क रगत परिक्षणमा ६ सय २४ ओटा खाली पेट र खाना खायर गरिने रगत जाँच निःशुल्क गरियको हो ।


गरिब असाहय बिरामीहरु लाई निःशुल्क परामर्श समेत दिईयको थियो । जनता क्लीनिकमा गरियको सुगरका बिरामीहरुको निःशुल्क रगत परिक्षण कार्यक्रमकोे आज एक कार्यक्रमका बिच समापन गरियको छ ।


लायन्स क्लब अफ सञ्जीबनी का अध्यक्ष शेर बहहादुर कमरको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ धनगढीका अध्यक्ष शुरेश रमण पुरीले गर्नु भएको थियो । कार्यक्रममा धनगढीका सिनियर लायन लिडरहरुको सहभागीता रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *