आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो
काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।
सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।