नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेकपाभित्रको विवादका विषयमा छलफल हुनेछ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: