अछाममा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
अछाममा ७ जना कोरोना संक्रमित थपीएका छन् । काठमाण्डौमा भएको परीक्षणमा २ जना र धनगढीमा भएको परीक्षणमा ५ जनामा कोरोना पुष्टी भएको हो ।
राष्ट्रिय प्रयोगशाला केन्द्र काठमाण्डौमा भएको परीक्षणमा मेल्लेख गाउँपालिकाका २५ र २६ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमिण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दीनुभयो ।
यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा आज ५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । तीन जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार थपीएकामा २७ वर्षीया महिला र २८ वर्षीय पुरुष रहेका छन् भने बाँकी २ महिला र १ पुरुषको उमेर खुलेको छैन ।
यस्तै उनीहरुको ठेगाना सहितको विवरण पनि उपलब्ध भई नसकेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यो संगै अछाममा जम्मा कोरोना संक्रमितको संख्या ७६ पुगेकाे छ ।