अछाम बाट धनगढी जादै गरेको जीप डोटीमा दुर्घटना
अछामबाट धनगढी जादै गरेको जीप डोटीमा दुर्घटना भएको छ। जीप दुर्घटना हुदा सवार १० जना घाईते भएका छन्।
डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा अछामबाट धनगढी जाँदै गरेको बा १६ च २२२३ नम्बरको जीप दुर्घटनामा हुँदा १० जना घाईते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्रवहादुर मल्लका अनुसार घाईतेलाई उपचारका लागि धनगढी लागिएको छ।