अछाममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

अछाम जिल्लामा मंगलवार थप १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र धनगढी प्रयोगशालामा भएको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलावर भएको परीक्षणमा ११ जना र धनगढी पर्योगशालामा गरीएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दीनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परिक्षणमा साँफेबगर नगरपालिकाका बिभिन्न वडाका ११ जना र धनगढी प्रयोगशालामा भएको परिक्षणमा मेल्लेख गाउँपालिका दुई महिला र तीन पुरुष गरी पाँच जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी जोशीले जानकारी दीनुभयो ।

आज थप १६ जनामा कोरोना संक्रमण पुष्टिभए संगै आछाममा संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । एक जनाको मृत्यु भइसकेकाे छ, भने ९२ जना अस्पताल बाट डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: